+
+
Shares

कमल थापाले हिन्दु-गणतन्त्र स्वीकार गरे, अब पार्टी एकता हुन्छः राणा

'प्रचण्डलाई दुवै पार्टी एक भएर मतदान गर्छौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १३ गते १४:२९

Pashupati-Samser Rana

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवरा राणाले राप्रपा नेपालले हिन्दु-गणतन्त्र स्वीकार गरेको बताएका छन् । साथै उनले राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता हुने निश्चित भएको समेत बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने, ‘हिन्दु-गणतन्त्रलाई मुख्य एजेण्डा मानेर जाने सहमति भएको छ, बाँकी मुद्दा महाधिवेशनपछि टुँगो लगाउँछौं ।’

उनले आगामी चैत्रमा महाधिवेशन हुने र महाधिवेशनबाटै संघीयताको बारेमा सहमति गर्ने जनाए । उनले थपे, ‘संघीयता र गणतन्त्रलाई राप्रपाले स्विकारिसकेको छ, पार्टी एकता हुँदापनि यसकै सेरोफेरोमा टेकेर समझदारी बनाएर अघि बढ्छौं ।’

पार्टी एकतापछि कस्तो नीति लिनेबारे अहिले छलफल भइरहेको भन्दै उनले दुई पार्टीको एकता नेपाललाई हिन्दू-गणतन्त्र बनाउनका लागि भएको दाबी गरे । उनले भने, ‘अब नेपाल छिट्टै हिन्दुराष्ट्र हुन्छ ।’

राप्रपा अध्यक्ष राणाले पार्टी एकतापछि आफू राष्ट्रिय अध्यक्ष बन्ने र कमल थापालाई अध्यक्ष बनाउने र पार्टीभित्रका अन्य पदाधिकारी चयन गर्नेवारे सहमति भएको बताए । साथै दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टीको चुनाव चिन्ह हलो नै हुने विश्वास व्यक्त गरे ।

प्रचण्डलाई दुवै पार्टी एक भएर मतदान गर्छौं

राप्रपा अध्यक्ष राणाले कांग्रेस-माओवादी गठबन्धनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताए । सरकारमा सहभागी हुने वा नहुनेवारे छलफल भइरहेको भन्दै उनले भने, ‘सरकारमा जाने वा नजानेवारे छलफल जारी छ, सम्भवतः दुवै पार्टी छलफल गरेर एउटै निश्कर्षमा पुग्छौं ।’

उनले माओवादी अध्यक्ष प्रचण्डलाई मतदान गर्ने विषयमा दुवै पार्टी एक हुने विश्वास व्यक्त गरे ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई राहत महशुस हुने खालका कुनै ठोस काम नगरेको, मधेसको मुद्दालाई हल नगरेको, संविधान कार्यान्वयन धिमा गतिमा अघि बढेको र पछिल्लो समय संसदबाट आर्थिक विधेयक असफल भएकाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्पष्ट पारे ।

उनले अघि थपे, ‘स्वभाविक रुपमा अब ओलीजीको विरुद्धमा उभिएकाले अब बन्ने प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?