+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

अनेरास्ववियु बाढी पहिरो प्रभावितको उद्धारमा जाने, सहयोगको अपील

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १४ गते ८:००

१४ साउन, काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु बाढी पहिरो प्रभावितको उद्धार तथा राहतको लागि प्रभावित क्षेत्रमा जाने भएको छ ।

akhilअनेरास्ववियु भोलि मोरङ जिल्लाबाट सुरूहुने उद्दार र राहतको काम क्रमश सप्तरी, सीराहा, धनुषा, मकवानपुर, म्याग्दी, बागलुङ, गुल्मी, प्युठान, दाङ, बाके, बर्दियालगायत बाढी पहिरो प्रभाबित जिल्लामा जाने तयारी रहेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती जारी गर्दै संगठनले केन्द्रीय टोलीले खाध्यान्न,औषधिका साथै स्वास्थ्य स्वयमसेवकको टिम प्रभावित क्षेत्रमा परिचालन गर्ने जनाएको छ ।

टोलीले सम्बन्धित जिल्लामा अनेरास्ववियु जिल्ला कमिटीसँगको को समन्वयमा स्थानीय प्रशासन संघसंस्थासगँ मिलेर उद्दार र राहतको काम गर्ने जनाएको छ ।

प्रवक्त शर्माले भने,’बाढी पहिरोका कारण तराई र पहाडी क्षेत्रका नागरिक समस्यामा छन्, हामी चाहन्छौं विपतको यो अवस्थामा सबैले आ-आफ्नो स्थानबाट सक्दो सहयोग गरौं ।’ उनले बाढी पहिरो पीडितको समस्या समाधान गर्न सरकार गम्भिर बन्नु पर्ने बताए ।

यसैबीच, अनेरास्ववियुले सप्तरीको सीमा दशगजाको खाडो नदीमा भारतीय पक्षले लगाएको तटबन्ध र उक्त क्षेत्रमा भएको घटनाको भत्सर्ना गर्दै राष्ट्रीयता र सीमा रक्षाका निम्ती अनेरास्ववियु जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?