Comments Add Comment

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

narayad muglin sadak_pahiro

१४ साउन, चितवन । चितवनको कालिखोलामा आज बिहान झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा बिहान ६ बजे पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै बन्द हुन पुगेको हो । पहिरोले सडक अवरुद्ध भएपछि अहिले नारायणगढदेखि काठमाडाैं जाने तथा काठमाडौँ, पोखरालगायत क्षेत्रबाट नारायणगढ आउने यातायातका साधन बाटोमै रोकिएका छन् ।

पानीपर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरो हटाउन मुग्लिन र भरतपुरतर्फबाट डोजर र स्काइभेटर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment