Comments Add Comment

बाढी पहिरो पीडितलाई जिग्री र पाँडेले सघाउने

jigri-padeकाठमाडौं । हाँस्य जोडी कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे)ले समाज सेवामा सक्रिय हुने बताएका छन् । ‘न्युट्रल जनता अभियान’ सुरु गरेका जिग्री र पाँडेले बाढी पहिरो पीडितलाई सहयोग गर्ने भएका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिरहेका उनीहरुले बाढी पहिरो पिडितका लागि सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।

प्युठानको फोप्ली, लुङ, पूजा, अर्खा, राज्बरालगायतका बाढी पहिरो पिडितका लागि राहात अभियान संचालन गर्ने भन्दै सबैको सहयोग मागेका हुन् ।

आर्थिक सहयोगसँगै, लत्ता कपडा, औषधीलगायतका सामग्री समेत सहयोग गर्न सकिने उनीहरुले जनाएका छन् । आर्थिक सहयोग गर्न चाहने व्यक्ति वा संघ, संस्थाले लुम्बीनी बैंक नयाँ बानेश्वरको खाता नं १३२००४३३ मा सहयोग जम्मा गर्न सक्ने कुमार कट्टेलले जानकारी दिए ।

बाढी पहिरोबाट पिडितहरुलाई सहयोग पुर्‍याउने हेतुले सहयोग संकलन अभियान गरेको र सहयोग संकलन हुने बित्तिकै पिडित समक्ष पुर्‍याउने कुमारले बताए ।

धुर्मुस सुन्तलीसँगको सल्लाह र सहकार्यमा बाढी पिडितका लागि सहयोग संकलन अभियान चलाउन लागेको उनीहरुको भनाई छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment