Comments Add Comment

कांग्रेस केन्द्रीय कार्यालय अनसनकारीले भरिए

Nb-sangh-ansan

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठनको महाधिवेशनको मिति नजिकिदै जाँदा पार्टी केन्द्रीय कार्यालय अनसनकारीले भरिएको छ ।

नेवि संघको नेतृत्व विधि-विधान बिपरित भागबण्डा गरिएको, १६ सय ‘फर्जी’ प्रतिनिधि खारेजी, विवादित जिल्लामा विधिसंम्मत अधिवेशन लगायत माग राखेर नेवि संघको असन्तुष्ठ पक्षले अनसन सुरु गरेको हो ।

विधि, प्रक्रिया र विधानमा टेकेर महाधिवेशन सम्पन गराउनुपर्ने भन्दै निरन्तर संघर्ष गर्दै आएपनि प्रतिनिधि छनौट विधिवत नभएको ,भागवण्डा र मिलेमतो गरि छनौट गरिएको भन्दै पुर्व केन्द्रीय सदस्य गणेश सापकोटा नेतृत्वमा तीन जना विद्यार्थी नेता आमरण अनसनमा बसेका हुन् ।

नेवि संघको एघारौ महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने माग गर्दे नेपाल विद्यार्थी संघ आवद्ध एउटा समुह केही दिन अघि देखि नै रिले अनसनमा थियो । सो पक्षले गत आईतबार देखि केन्द्रिय कार्यालय सानेपा परिसरमा पाल टाँगेर रिले अनशन सुरु गरेको थियो ।

नेपाल विद्यार्थीसंघको एघारौ महाधिवेशन काठमाण्डौमा आगामी २३ गते देखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment