
१६ साउन, काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन आफू असफल भएको बताएका छन् । पुष्पलाल अध्ययन समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता गौतमले कसका कारण असफल भए उक्त कुरा खुलाएनन् । वैशाख २३ गते एमाले र एमाओवादीको सहकार्य तोडिन लाग्दा आफूहरूले नै जोडेको र त्यसैबेला उनलाई प्रधानमन्त्री बनाउने सहमति भएको गौतमले बताएको अाजको अन्नपूर्णमा समाचार छ ।
यसअघि एमाओवादी शान्ति प्रक्रियामा आएलगत्तै दुई पार्टीबीच एकता गर्ने प्रस्तावसमेत आफ्नो पार्टीबाट पारित गराएको उनले दाबी गरे । तर अहिले आएर माओवादी केन्द्र र नेपाली कांग्रेसको सहकार्यमा सरकार बन्ने स्थिति आएकोमा उनले चिन्ता प्रकट गरे ।
माओवादी र एमालेबीचको एकता मोहन वैद्यले भाँडेको उनले आरोप लगाए ।
प्रतिक्रिया 4