Comments Add Comment

बबई नदी गाउँ पस्ने खतरा

kapilbastu_badi१७ साउन, बर्दिया । बाढीले कटान तीव्र पारेपछि बबई नदी गाउँ पस्ने खतरा बढेको छ ।

बाढीले बबई नगरपालिका वडा नं ७, ८ र ९ नं वडामा तीव्र कटान गरी धार परिवर्तन गरेपछि बाढी गाउँ पस्ने खतरा बढेको हो । बबई सिँचाइ आयोजनाको पश्चिम नहरको पाँच मिटर नजिकसम्म बाढीले कटान गरेको छ । उक्त नहर नजिकै बबई नगरपालिका–८ को खैलार गाउँ रहेको छ ।

नदी गाउँ पस्नबाट रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय बासिन्दाले अस्थायी तटबन्धको प्रयास थालेका छन् ।

बाढी रोक्ने उद्देश्यले अस्थायी तटबन्धको कामलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment