१७ साउन, काठमाडौं । आन्द्रे गोमेजले क्रिष्टियानो रोनाल्डोसँग टिममेट भएर पोर्चुगलका लागि युरोकप जिते । तर, लगतै बार्सिलोनामा आवद्ध भएका छन् ।
अब रोनाल्डो र उनी चिरप्रतिद्वन्द्वी भएका छन् । उसो त उनले भ्यालेन्सियामा रहँदा पनि रोनाल्डोविरुद्ध खेलेका थिए । २३ वर्षे गोमेजले भनेका छन्, बार्सिलोनामा आवद्ध भएपछि बधाई दिन रोनाल्डोले कल गरे । तर, अब हामी मैदानमा प्रतिद्वन्द्वी हुने भएका छौं ।’
राष्ट्रिय टिममा रोनाल्डोसँग खेल्ने गरेका उनले अब बार्सिलेनामा मेस्सीसँग खेल्ने भएका छन् । आन्द्रे इनिष्टा आफ्नो आइडल भएको भन्दै उनले उनीसँग खेल्न पाएकोमा खुसी व्यक्त गरे ।
उनले आफ्नो मनपर्ने फुटबलरहरु बार्सिलोना र रियल मडि्रड दुबैमा रहेको समेत बताएका छन् ।
प्रतिक्रिया 4