+

गोमेजः रोनाल्डोले मलाई बधाई दिए, तर हामी अब प्रतिद्वन्द्वी भयौं

२०७३ साउन  १७ गते ८:५८ २०७३ साउन १७ गते ८:५८

FC Barcelona's newly signed soccer player Andre Gomes claps his hands to the crowd during his presentation at Mini Estadi stadium in Barcelona

१७ साउन, काठमाडौं । आन्द्रे गोमेजले क्रिष्टियानो रोनाल्डोसँग टिममेट भएर पोर्चुगलका लागि युरोकप जिते । तर, लगतै बार्सिलोनामा आवद्ध भएका छन् ।

अब रोनाल्डो र उनी चिरप्रतिद्वन्द्वी भएका छन् । उसो त उनले भ्यालेन्सियामा रहँदा पनि रोनाल्डोविरुद्ध खेलेका थिए ।  २३ वर्षे गोमेजले भनेका छन्, बार्सिलोनामा आवद्ध भएपछि बधाई दिन रोनाल्डोले कल गरे । तर, अब हामी मैदानमा प्रतिद्वन्द्वी हुने भएका छौं ।’

राष्ट्रिय टिममा रोनाल्डोसँग खेल्ने गरेका उनले अब बार्सिलेनामा मेस्सीसँग खेल्ने भएका छन् । आन्द्रे इनिष्टा आफ्नो आइडल भएको भन्दै उनले उनीसँग खेल्न पाएकोमा खुसी व्यक्त गरे ।

उनले आफ्नो मनपर्ने फुटबलरहरु बार्सिलोना र रियल मडि्रड दुबैमा रहेको समेत बताएका छन् ।

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय