Comments Add Comment

पोप फ्रान्सिसको नजरमा मेस्सी महान फुटबलर

messi

१७ साउन, काठमाडौं । पोप फ्रान्सिसले सर्वकालीन महान फुटबलरमा लिओनल मेस्सीको नाम लिएका छन् ।

पोप फ्रान्सिस आफैं एक फुटबल समर्थक हुन् । पोल्याण्ड भ्रमणमा रहेका उनलाई डिएगो म्याराडोना र पेले मध्ये को महान फुटबलर भनेर सोधिएको थियो ।

तर, ७९ वर्षे धर्मगुरुले उनका लागि को महान फुटबलर हुन् भन्ने प्रष्ट सन्देश दिएका छन् । म्याराडोना र पेले मध्ये को महान फुटबलर भन्ने प्रश्नमा उनले भनेका छन्, मेरा लागि मेस्सी ।

उनले थप ब्याख्या गरेनन् । मेस्सीले क्लब फुटबलमा सबै उपाधि जितिसकेका छन् । तर, अर्जेन्टिनाका लागि ठूलो उपाधि दिलाउन भने सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment