Comments Add Comment

कांग्रेस र एमालेका नेताहरु भन्छन्ः लोकमानलाई महाअभियोग लगाउँछौं

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरूङले आफूहरुले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध छलफलको लागि मात्रै कुरा नउठाएको दाबी गरेका छन् ।

Dhanraj-Gurungउनले भने, ‘उहाँमाथि गम्भिर आरोप लागेको छ, यो देश र जनताको लागि अत्यन्तै महत्वपूर्ण विषय हो, नयाँ सरकार गठन भएसँग संसदमा ५ सय९६ सदस्यहरुवीच अवश्य छलफल हुन्छ, छलफल भैसकेपछि वास्तविक कुरा बाहिर ल्याउने विषयमा संसदीय छानविन समिति गठन भएर महाअभियोग लगाउनसम्म सकिन्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद गुरूङ्ले भने, ‘हामीले उठाएको विषय र संसदमा दर्ता भएको प्रस्ताव नेपाली जनताको पक्षमा छ ।’ उनले यो वीचमा अख्तियारले उल्टासुल्टा काम गरेको गुनासोहरु व्यापक रुपमा बाहिर आएकोले आफूहरुले उक्त विषय उठान गरेको दाबी गरे ।

उनले अख्तियार प्रमुखमाथि काठमाण्डौं विश्वविद्यालय प्रवेश परिक्षा, गोकर्ण रिसोर्टको शेयर काण्ड र सार्वजनिक लेखा समितिले सुन काण्डबारे अडियो-भिज्यूयल प्रमाण पेश गर्दासमेत कुनै चासो नदेखाइएकोले उसको कार्यक्षेत्रमा व्यापक प्रश्न उठेको गुनासो गरे ।

एमाले नेता रविन्द्र अधिकारीले संसदमा सार्वजनिक महत्वको विषयमा छलफल हुने निश्चित भइसकेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि छलफलमा भाग लिने दाबी गरे ।

उनले भने, ‘सार्वजनिक महत्वको प्रस्ताव भएकोले हाम्रो पार्टीले भाग नलिने भन्ने कुरै आउँदैन, छलफल गर्दै जाने हो । यसले अरु धेरै बाटोहरु खोल्छ भन्नेमा म विश्वस्त छु ।’ अधिकारीले एक दुईवटा राम्रो काम गरेको बहानामा संसदलाई छल्ने काम गर्न नमिल्ने बताए । उनले अघि थपे, ‘अख्तियारलाई बलियो बनाउनुपर्छ, यसको अर्थ लोकमानलाई बलियो बनाउने होइन नि ।’

अधिकारीले संवैधानिक निकाय मर्यादित भएर बस्नुपर्ने उल्लेख गर्दै भने, ‘संसदले बोलाउँदा अनि संसदीय समितिले बोलाउँदा संवैधानिक निकायले जवाफ दिनुपर्छ, विरामी भएको बहानामा संसदलाई छल्ने काम गर्नुहुँदैन, संसदले बोलाउँदा नगएपछि हामीले कसरी उहाँलाई उत्तरदायित्व मान्ने त ?’ अधिकारीले आक्रोश पोख्दै भने,’अख्तियार र यसका प्रमुख भागेका छन्, यस्तो तरिकाबाट राज्य कसरी चल्छ ?।’

आफ्नो क्षेत्राधिकारभन्दा बाहिर आएर काम गरिएको भन्ने प्रश्न आएकाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै भने, ‘संसदलाई चित्त बुझेन र संविधानको बर्खिलाप भएको पुष्टि भयो भने छानविन समिति बनाएर अनुसन्धान गछौं र निर्णय लिन्छौं ।’

नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले भने अख्तियार प्रमुख आयुक्तलाई महाअभियोग लगाउन नमिल्ने ठोकुवा गरे । उनले भने, ‘संसदमा दर्ता भएको पत्र ध्यानाकार्षण पत्र मात्रै हो, यो महाअभियोगको लागि आएको विषय होइन ।’ 

उनले अघि भने, ‘यतिखेर अख्तियारलाई झनै बलियो बनाउन आवश्यक छ, उनले अख्तियारले केही गल्ती वा कमीकमजोरी गरेको भए सच्चिन आग्रह गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment