१८ साउन, प्यूठान । प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् ।
ओखरकोट-५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गते बाँदरको एक हुलले ३ रोपनी मकैबाली नष्ट गरेकोे भन्दै राहतको माग गरेका छन् ।
उनले अवस्थाको निरिक्षण गरी राहत दिन माग गरेका छन् ।
पोखरेलले बाँदरको आक्रमले मकै पूर्ण रुपमा नष्ट गरेको र घर भित्र रहेको अनाज समेत नष्ट गरेको निवेदनमा उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4