+
+
Shares

भारतमा बाढीले पुल भत्कियो, यात्रु बोकेका दुई बस बगे

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १९ गते ८:२०

badi_india

१९ साउन, काठमाडौं । भारतको मुम्बई-गोवा राजमार्गको एक पुल भाँचिएको छ ।

रायगढ जिल्लाका कलेक्टर शीतल हगले स्थानीय सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार सावित्री नदीको पुल भत्कदा दुई बस तथा अन्य केही सवारी साधन बगाएको बीबीसीले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बसमा २२ यात्रु थिए । अन्य सवारी साधनमा कति यात्रु सवार थिए भन्ने बारे पूर्ण जानकारी नआएको प्रहरी जनाएको छ ।

पानी परिरहेको र खोलामा पानीको बहाब धेरै भएका कारण उद्धारमा समस्या आएको जनाइएको छ ।

तस्वीरः एनअार्इ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?