Comments Add Comment

भारतले हेपाहा प्रवृत्ति देखायोः एमाले नेता ज्ञवाली

१९ साउन, काठमाडाैं । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले भारतले नेपालमाथि जहिले पनि हेपाहा प्रवृत्ति देखाउँदै आएको बताएका छन् ।

Pradeep-Gyawaliसप्तरीको तिलाठी घटनामा प्रतिरोध गर्ने देवनारायण यादव र दुर्गानारायण झाको सम्मानमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफूहरुले दुई पक्षबीच सहमति गर्ने प्रयास गरेपनि भारतले हरेक तहले हेप्ने गरेको बताए ।

“हाम्रो राष्ट्रियता भारत विरोधी होइन, तर हामीलाई हेपिन्छ भने त्यो कदापी सहिदैँन,” उनले भने– “एक थोपा रगत भएसम्म हामी नेपालको एक इन्च क्षेत्रफल गुम्न र झुपडी भारतलाई दिदैनौं ।’’

कार्यक्रममा युवा सङ्घका अध्यक्ष राजीव पहारीले तिलाठी घटना वैदेशिक हस्तक्षेप भएको भन्दै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका विरुद्ध राष्ट्रवादी आन्दोलन गर्नु आवश्यक रहेको बताए ।

सचिव ज्ञवालीले तिलाठीका घाइतेद्वय यादव र झालाई धोती र टोपीले अभिनन्दन गर्नुभएको थियो । सङ्घका उपाध्यक्ष दिलु पन्त, तिलाठी घटनाका घाइते देवनारायण यादव, तिलाठीका उमेश मिश्रले भारतीय हस्तक्षेप विरुद्ध देशव्यापी आन्दोलन गर्नुपर्ने बताए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment