+

बार्सिलोनालाई उछिन्दै सिटीले भित्र्यायो गेब्रियल जिससलाई

२०७३ साउन  २० गते ८:४२ २०७३ साउन २० गते ८:४२
बार्सिलोनालाई उछिन्दै सिटीले भित्र्यायो गेब्रियल जिससलाई

Gabriel Jesus२० साउन, काठमाडौं । म्यानचेष्टर सिटीले १९ वर्षे ब्राजिलियनर विंगर गेब्रियल जिससलाई भित्र्याएको छ ।

जिससले पाँच वर्षे सम्झौता गरेका छन् । तर, यो सिजनको अन्त्यसम्म भने ब्राज्रिलियन क्लब पल्मिरासमै रहनेछन् ।

जिससलाई भित्र्याउन बार्सिलोनाले पनि चाहेको थियो । तर, उनले इंग्लिस क्लब म्यानचेष्टर सिटी रोजेका छन् । उनी दक्षिण अमेरिकाका युवा प्रतिभा हुन् । र, अहिले ओलम्पिकमा ब्राजिलियन टोलीका महत्वपूर्ण सदस्य छन् ।

उनले पल्मिरास्मा ६७ खेलबाट २६ गोल गरेका छन् । साथै यो सिजन ब्राजिलियन सिरि एमा टप गोल स्कोरर हुन् ।

म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय