+
+
Shares

माओवादीले तीन नेतालाई सरकारमा पठाउने, महरा उपप्रधान एवं अर्थ मन्त्री बन्ने पक्का

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २० गते १०:३२

mao_meeting

२० साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रचण्ड सरकारमा उपप्रधान एवं अर्थ मन्त्री बन्ने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् र बिहीबार ३ बजे सपथ लिने कार्यक्रम छ ।

सपथ लगतै प्रचण्डले सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । पहिलो चरणमा माओवादीबाट तीन मन्त्री बन्ने छन् ।  माओवादी केन्द्रीय कार्यालयको बिहीबार विहान बसेको बैठकले तीन मन्त्री बनाउने निर्णय गरेको हो ।

तर, नाम टुंगो लाग्न बाँकी छ । माओवादी उच्च स्रोतका अनुसार महरा उपप्रधान एवं अर्थ मन्त्री बन्ने पक्का भइसकेको छ । अन्य नेताहरुको नाम भने तय भइनसकेको एक नेताले बताए ।

प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गर्नेछन् । त्यो छलफलले मन्त्रालयको टुंगो लगाएपछि मन्त्रीहरुको नाम तय गरिने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?