चलचित्र क्षेत्रमा प्रवेश गरेपछि कलाकारको वेग कुन रफ्तारमा बग्छ, थाहा नै हुँदैन । कोही कलाकार ह्वात्तै अगाडि आएर लड्छन् भने कोही विस्तारै आएर पनि टिकिरहन्छन् । आखिर, चलचित्र क्षेत्रको विशेषता नै यही हो ।
चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका आँचल शर्मा विस्तारै अगाडि बढ्दैछिन् । उनको चर्चा यतिबेला मोडल तथा नायक पल शाहसँगको प्रेमका कारण बढी छ । आँचलले प्रेमलाई छायामा राखेर करिअरलाई अगाडि ल्याउन सकिन् भने उनको भविष्य अझ सुन्दर हुनसक्छ ।
उनै आँचल आफ्नो तेश्रो चलचित्र ‘जोनी जेन्टलम्यान’मा पलसँग नै रोमान्स गर्दैछिन् । आँचलका अनुसार उनले पहिलो चलचित्रमा शत प्रतिशत अभिनय गर्ने कोशिश गरिन् । तर, यो चलचित्रमा भने उनी २ सय प्रतिशत दिनका लागि तयार छिन् ।
साच्चै आँचलको २ सय प्रतिशत अभिनय कस्तो होला ? केही समय प्रतिक्षा गर्नुपर्छ । प्रेमलाई व्यक्तिगत पोल्टामा राखेर आँचलले अभिनयमा २ सय प्रतिशत दिइन् भने उनले सोचे जस्तै उनको करिअर हुनसक्छ । के आँचल यो कुरामा गम्भिर होलिन् ?
तस्विरः उत्सव रसाइली
प्रतिक्रिया 4