Comments Add Comment

स्मार्टफोनसँग बिहे, स्मार्टफोनकै कारण डिभोर्स

smartphone1

तपाइँले सायद एरोन चर्वेन्कको नाम सुन्नुभएको होला । उनले केही समय पहिले अमेरिकाको लस भेगासमा आफ्नो स्मार्टफोनसँग बिहे गरेका थिए ।

यो सुन्नमा अनौठो लाग्नसक्छ, तर यथार्थ के हो भने हामीहरु मध्ये धेरै आफ्नो स्मार्टफोनसँग विवाहित भएका हुन्छौँ । स्मार्टफोनले हाम्रो लागि सूचनाको संसारको ढोका खोलेको छ, तर यसले हामीलाई गुलाम पनि बनाइरहेको छ । खानपिन, काम तथा ड्राइभिंग गरिरहेको बेलाका साथै टेलिभिजन हेरिरहेको बेला पनि हामी आफ्नो मोबाइल चलाइरहेका हुन्छौँ ।

स्मार्टफोनको अत्यधिक प्रयोगका कारण धेरै मानिसहरुको आँखाको ज्योति कम हुने तथा श्रवण क्षमतामा पनि असर पर्ने गर्दछ । त्यस्तै स्मार्टफोनको लतले हातका औँलामा पनि पीडा हुने तथा सर्जरी नै गर्नुपरेको समाचार पनि दुनियामा आउने गर्दछ ।

अत्याधुनिक प्रविधिको कारण स्मार्टफोन झनै स्मार्ट हुँदै जाँदा मानिसहरु हर समय स्र्माफोनसँगै जोडिन चाहन्छन् । फरक फरक उमेरका मानिसहरु आफ्नो आवश्यकता अनुसार स्मार्टफोनमा फरक फरक काम गर्दछन् । विज्ञहरुका अनुसार स्मार्टफोन प्रयोगकर्ता मुख्यतया दुइ प्रकारका छन् ।

एकथरी लगातार ३० मिनेटसम्म स्मार्टफोन चलाइरहन्छन् र लामो समय सम्म विश्राम लिन्छन् । तर कोही कोहि भने हरेक २०।३० सेकेण्डमा मोबाइल चलाइरहेका हुन्छन् । यस प्रकारले उनीहरुले दिनमा कम्तिमा पनि २ सय पटक मोबाइल हेर्दछन् ।

विज्ञहरुका अनुसार मोबाइल फोन हब बनिसकेको छ र यसले फिजिकल र डिजिटल विश्वलाई जोडेको छ । यसको मतलब यदि स्मार्टफोनले हामीहरुको जिवनमा पूर्णरुपमा स्थान बनाइसकेको छैन भने पनि भविष्यमा पूरै घेर्नेवाला छ ।

अहिलेका युवाहरु विभिन्न खाले कामका लागि केवल आफ्नो स्मार्टफोनमा निर्भर छन् । यहाँसम्मकी भाडामा कोठा लिनका लागि समेत । स्मार्टफोन प्रयोगकर्तामा इन्टरनेट डाटा खपतको दर निकै उच्च दरमा बढिरहेको छ दुनियाभर नै ।

अझ विकाशोन्मुख देशमा त धेरै मोबाइल प्रयोगकर्ताहरुले त ल्यापटप, कम्प्युटर तथा अन्य ग्याजेट देखेकै हुँदैनन् र सिधै स्मार्टफोन चलाउन पाएका हुन्छन् ।

हामीले अहिलेसम्म त मानिसले स्मार्टफोनसँग साँच्चीकै बिहे गरेको तथा बिहे नगरेपनि आफ्नै जिवनसाथी जत्तिकै माया गरेको कुरा देखे सुनेका छौँ । तर कुनैदिन स्मार्टफोनकै लतका कारण पति पत्नीबीच सम्बन्ध विच्छेद भएको कुरा सुन्नु नपर्ला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment