२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भए माओवादी पत्तासाफ हुने बताएका छन् ।
नेता थापाले फाल्गुनन्द फिल्मस् प्रालिले विहीवार काठमाडौमा गरेको कार्यक्रममा प्रचण्ड नेतृत्वको सरकार माओवादी केन्द्रका लागि ठूलो परीक्षा भएको दावी गरे ।
उनले असन्तुष्ट दलका माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्न तथा विगतका गल्तिबाट पाठ सिकेर विकास निर्माणका काम अगाडि बढाउन नसके पार्टी पत्तासाफ हुने धारणा राखे ।
नेता थापाले नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धन र मधेशी मोर्चासँग गरेको सहमतिले पिछडिएका जातजातिमा आशा जागेको भन्दै अव त्यो आशालाई निराशामा परिणत हुन नदिन सरकारले जातीय पहिचान सुनिश्चित हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4