Comments Add Comment

नेपालमा किन हुँदैन उच्चस्तरीय भ्रमण

VVIP-SAARC-GUEST's-SECURITY२१ साउन, काठमाडौं । नेपाल-बेलायत सम्बन्धको दुई सय वर्ष पूरा भएको छ । रुस र जापानसँग नेपालको सम्बन्ध स्थापित भएको ६० वर्ष पुग्दै छ ।

तर, यी मुलुकबाट नेपालमा र नेपालबाट ती देशमा अहिलेसम्म उच्चस्तरीय भ्रमण  सकेको छैन ।

सरकारले तीनवटै मुलुकका सरकारप्रमुख तथा राष्ट्रप्रमुखलाई भ्रमणका लागि ‘स्ट्यान्डिङ’ निमन्त्रणा पठाइसकेको छ, तर उनीहरू आउने अझै यकिन छैन ।

नेपालमा लामो समयदेखि अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको छैन ।

भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा सुरु भएको छ । तर, ‘हाई प्रोफाइल’ दुवै भ्रमण निश्चित छैन ।
भारतका राष्ट्रपति प्रणव मुखर्जी र चीनका राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणबारे आ-आफ्नै ढंगले चर्चा गर्न थालिएको छ ।अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सरकारले निमन्त्रणा गरे भारतीय राष्ट्रपति तत्कालै आउन पनि तयार रहेको सन्देश सरकारले पाएको छ । चीनका राष्ट्रपति आगामी अक्टोबरमा आउने चर्चा भए पनि यकिन छैन ।

राष्ट्रपति विद्या भण्डारी पनि भारत भ्रमणमा जाने सोचमा छिन् । यसअघि गत वैशाखमा तय भएको राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा आएर रद्द भएको थियो ।

हृयारीका हजुरबा बेलायतका राजकुमार फिलिप २९ कात्तिक ०५७ मा विश्व वन्यजन्तु कोषको कार्यक्रममा सहभागी  चारदिने निजी भ्रमणमा आएका थिए ।

हृयारीका बाबु राजकुमार चाल्र्स २४ माघ ०५४ मा औपचारिक भ्रमणमा आएका थिए । उनी २७ फागुनमा स्वदेश फर्किएका थिए । बेलायतकी राजकुमारी डायनाले १९-२३ फागुन ०४९ मा नेपाल भ्रमण गरेकी थिइन् ।

त्यसअघि बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले ०४३ मा नेपाल भ्रमण गरेकी थिइन् । उनी ०१८ मा पनि नेपाल आएकी थिइन् ।

०४३ पछि बेलायतको राष्ट्रप्रमुखबाट नेपाल भ्रमण भएको छैन । बेलायतबाट सांसद र स्थल सेनाध्यक्षको भ्रमण बाक्लै भए पनि राजनीतिक भ्रमण  हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment