+
+
Shares

दाँतको संक्रमणले मुटुरोगको खतरा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २१ गते ११:४७

teeth

दाँतको जराको माथिल्लो भागको संक्रमणले मुटुरोगको खतरा बढाउने एक अध्ययनले देखाएको छ । यस्तो संक्रमण आमरुपमा निकै सामान्यजस्तो तथा लक्षणरहित हुने तर यसको लामो समयसम्म उपचार नगराएको खण्डमा प्राणघातक रोगको कारण बन्न सक्ने विज्ञको ठम्याई छ ।

फिनल्याण्डको हेलसिन्की विश्वविद्यालयका शोधकर्ता जोन लिजेस्ट्रेण्डका अनुसार दाँतको जराको नली अर्थात् रुट क्यानलको उपचारकोे आवश्यकता भएका रोगीहरुले यदि राम्रो उपचार पाएनन् भने उनीहरुमा जटिल मुटुरोगको अवस्था अर्थात् एक्यु कोरोनरी सिन्ड्रोमको खतरा २.७ प्रतिशतले बढ्दछ ।

डेन्टल रुट टिपको संक्रमणलाई एपिकल पिरियडोन्टाइटिस पनि भनिन्छ । यसबाट दाँतको जराको माथिल्लो भागमा चारैतर्फ तिव्र रुपमा संक्रमण फैलिन्छ । यसको एक प्रमुख कारण दाँत सड्नु हो ।

शोधका क्रममा फिनल्याण्डका ५ सय ८ जना रोगी मानिसहरुको अध्ययन गरिएको थियो । जसको औषत उमेर ६२ वर्ष थियो र उनीहरु मुटुरोगबाट पीडित थिए ।

शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने संक्रमित दाँतको रुट क्यानल स्वस्थ हुनु मुटुरोगको जोखिम कम गर्नमा निकै प्रभावकारी सावित हुन्छ । मुखको संक्रमणले सरीरको अन्य भागलाई पनि प्रभावित गर्दछ । यो शोध जर्नल अफ डेन्टल रिसर्चमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?