Comments Add Comment

नेपाल हुँदै भारतसम्म चिनियाँ रेल सम्भव

Chinese-Train-to-Nepal२२ साउन, काठमाडौं । कुटनीतिक मामिलाका चिनियाँ विज्ञहरुले छिङ् हाई तिब्बत रेलवेलाई नेपाल हुँदै भारतसम्म् जोड्न आर्थिक तथा प्राविधिक रुपले सम्भव रहेको बताएका छन् ।

चाइना टिबेटोलोजी रिसर्च सेन्टरले बेइजिङमा आयोजना गरेको कार्यक्रममा चिनियाँ विज्ञले त्यस्तोे बताएका हुन् ।

सन् २०२० सम्म नेपाल  चीन सीमा बिन्दु केरुङसम्म विस्तार हुने चिनियाँ रेललाई स्वशासित क्षेत्र तिव्वत हुँदै दक्षिण एसिया जोड्न प्रविधि र अनुभव चीनसँग रहेको उनीहरुले बताएका आजको अन्नपूर्णमा समाचार छ ।

यो कुनै सपनामात्र होइन, व्यवहारमै लागू गर्न सकिन्छ, विज्ञहरुलाई उदृत गर्दै चिनियाँ कम्युनिष्ट पार्तीको मुखपत्र पिपुल्स डेलीमा लेखिएको छ ।

तिब्बती सिगात्से आइपुगेकोरेललाई सन् २०२० सम्म केरुङ हुँदै नेपालसम्म विस्तार गर्ने लक्ष्य चीनको छ ।  यद्यपि नेपाल जोड्ने रेल उच्चगतिको भने नहुने भएको छ ।

चीनले काठमाडौंसम्म रेल विस्तार गर्नेमा नेपाल आशावादी देखिएको विज्ञहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment