Comments Add Comment

लमजुङमा मात्रै ६ हजार सवारी कारबाहीमा, मापसे गर्ने बढे

mapase
२२ साउन, बेसीसहर  । आर्थिक वर्ष ७२÷७३ मा सवारी नियम उलङ्घन गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय लमजुङले ६ हजार २०४ सवारीलाई कारबाही गरेको छ ।

आर्थिक वर्ष ७२÷७३ मा कारबाहीमा परेका ६ हजार २०४ सवारीबाट कुल २५ लाख १७ हजार ४ रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर क्षेत्रीले बताए ।

आर्थिक वर्ष ७१÷७२ को तुलनामा आर्थिक वर्ष ७२÷७३ मा कम सवारी कारर्बाहीमा परेको तर राजस्व भने गत वर्षको तुलनामा योवर्ष बढी सङ्कलन भएको क्षेत्रीले बताए। आर्थिक वर्ष ७१÷७२ मा ६ हजार ३४४ सवारी कारर्बाहीमा परेको  १८ लाख ७१ हजार ७०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लमजुङको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष ७२÷७३ मा एकाएक जरिवाना शुल्क वृद्धि भएपछि राजस्व सङ्कलनमा वृद्धि भएको हो । आर्थिक वर्ष ७२÷७३ मा ९९५ ट्रक, एक हजार ५१६, जिप, कार, भ्यान, ६,१० यात्रुबाहक बस, ४५५ ट्याक्टर, दुई हजार ६२९ मोटरसाइकल कारबाहीमा परेका थिए । पछिल्लो समय सवारी नियम उलङ्घन गर्नेलाई जरिवानाको शुल्क अत्यधिक वृद्धि भए पनि मादकपदार्थ सेवन गरेर सवारी हाक्नेको सङ्ख्या लमजुङमा बढ्दो क्रममा छ ।

गत आर्थिक वर्षमा मापसे कारबाहीमा जम्मा ४९ जना कारबाहीमा परेको भए पनि यसवर्ष त्यो सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । आर्थिक वर्ष ७२÷७३ मा मापसे कारबाहीमा पर्नेको सङ्ख्या ३३३ पुगेको छ ।

सवारी दुर्घटनामा तुलनात्मक रुपमा कम देखिए पनि मानवीय क्षतिका हिसाबले यो आर्थिक वर्ष सुखद् रहन सकेन । गतवर्ष १४ सवारी दुर्घटनामा १२ जनाले ज्यान गुमाएका थिए भने योवर्ष १२ दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो समय बढ्दो सवारी चाप, साँघुरो बाटो, क्षमता भन्दा बढी यात्रु बाक्ने, र ट्राफिक नियम उल्लङ्घनका घटनाले गर्दा सवारी दुर्घटना बढी भएको ट्राफिक कार्यालयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment