Comments Add Comment

अवैध रुपमा सञ्चालित व्यवसाय लाखभन्दा बढी

Pasal२३ साउन, काठमाडौं । देशभर एक लाखभन्दा बढी निजी व्यापारिक प्रतिष्ठान (सानोठूलो व्यवसाय) अवैधानिकरुपमा सञ्चालन भइरहेका छन् ।

यस्ता व्यापारिक र्फमले वर्षौदखि अनुमतिपत्र नविकरण नगरी करोडौं रुपैयाँ राजश्वसमेत छलेका छन् ।

उपत्यकामा मात्रै ६० हजारको संख्यामा यस्ता व्यवसायीले व्यापार सञ्चालन गर्दै आएको वाणिज्य विभागले जनाएको आजको अन्नपूर्णमा समाचार छ ।

वाािण्ज्य विभागमा व्यापारिक प्रतिष्ठान सञ्चालनका लागि अनुमति लिएपछि ती अनुमतिपत्रका लागि अनुमति लिएपछि ती अनुमतिपत्र पाँच वर्षका लागि मान्य हुन्छन् ।

तर, सात वर्षभन्दा बढी समयदेखि नवीकरण नगरी अवैध सञ्चालनमा रहेका यस्ता व्यवसाय सञ्चालकमाथि सरकारले कारबाही गर्न सकेको छेन ।

ऐन र नियमावलीअनुसार जरिवाना विना र जरिवानासाहित नवीकरण गर्न सक्ने व्यवस्थाा हुँदाहुँदै पनि त्यसलाई वेवास्त गरी व्यपारीले आफूखुसी व्यापारिक प्रतिष्ठान सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment