
२५ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एक उद्योग तथा फर्मलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले बिहीबार १२ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।
अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–१३ बाफलमा रहेको नेप ट्रेड प्रालिलाई आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ ।
यस्तै भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा रहेको भक्तपुर मोडर्न इंग्लिस स्कुललाई विद्यालयसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
आज अनुगमन गरिएका मध्ये ४ उद्योग तथा फर्मलाई सामान्य निर्देशन र ६ वटालाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार व्यवसाय सञ्चालन गर्न विभागले निर्देशन दिएको छ ।
प्रतिक्रिया 4