Comments Add Comment

बाढी पीडितको सहयोगार्थ एनआरएन कुबेतको कार्यक्रम

kubet_nrnकुबेत । बाढी पीडितको लागि कुबेतमा गरिने आर्थिक संकलन एनआरएन कुबेतले संयोजन गर्नुपर्ने सुझाव एक अन्तरक्रियामा सहभागीहरुले दिएका छन् ।

नेपाली दुताबासमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले कुबेतमा  संचालन हुदैँ गरेको बाढी पीडित आर्थिक संकलन अभियानमा छुट्टाछुट्टै भन्दा एनआरएन र झापाली समाजले आपसी समझदारी गरि एनआरएनए कुबेतको संयोजकत्वमा आर्थिक संकलन तिब्र पार्नु पर्ने सुझाब दिएका हुन् ।

एनआरएनए कुबेतद्वारा  शुक्रबार नेपाली दुताबासको सभाहलमा अन्तरक्रिया कार्यक्रमका लागि नेपाली संघसस्थाका प्रतिनिधि समाजसेबी बुद्दिजिबी पत्रकारलाई आमन्त्रण गरिएको थियो ।

गत हप्ता मात्र एनआरएनए र झापाली समाजले छुट्टाछुट्टै अभियान शुरु गरेको बिज्ञप्ति सार्वजनिक गरेका थिए।  जसका कारण लक्ष्य एकै तर दुई सस्थाले अभियान संचालन गर्दा कता सहयोग गर्ने भन्ने कुरामा नेपाली संघ सस्था एबम कुबेतबासी नेपालीहरु दोधारमा परेका थिए ।  त्यसैलाई चिर्न राहत संकलन कार्यलाई प्रभावकारी बनाई नेपालमा छिटो भन्दा छिटो सहयोग पुर्याउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

एनआरएनए कुबेतका अध्यक्ष अर्जुन तामाङले आर्थिक सहयोग संकलन संयोजन हुनुपर्ने बताएका थिए ।

त्यस लगत्तै उपस्थित संघ सस्थाका प्रतिनिधिले सुझाब सहित झापाली समाजसंग आपसी समझदारी गरि अघि बढ्न एनआरएनए कुवेतलाई सल्लाह दिएका थिए । झापाली समाजका अध्यक्ष कासी लामाले सहकार्यका लागि आफूहरु तयार रहेको बताउँदै कार्यसमितिको बैठकबाट टुंगो लगाउने बताए ।

महासचिब अमित राईद्वारा संचालित कार्यक्रममा आईसीसी कोडीनेटर  सुजन केसी मध्येपुर्व उपसंयोजक धर्मराज गिरीले अभियान संचालन बारेमा  थप  प्रस्टयाएका थिए।  पुर्व अध्यक्ष राजेन्द्रतामाङ्ग र दुताबासका दुर्तीय सचिब भोगेन्द्र लिङडेलले यस्तो पबित्र कार्यलाई सबैले साथ् दिएर एनआरएन कुबेतको अभियानलाई  सफल पार्न सबैलाई अनुरोध गरेका थिए ।

एनआरएनए कुबेतले १  लाख ११ हजार सस्थाको तर्फबाट बाढीपिडित राहत संकलन अभियानमा जम्मा गरि कुबेतमा अभियानलाई तिब्र बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment