Comments Add Comment

अमेरिकामा नीशा, नेपालमा फिल्म प्रचारमा एक्लै विराज

nisha adhikari in america
हुनत, आफू अभिनित चलचित्रको प्रचारमा हिड्नै पर्ने वाध्यात्मक संझौता नेपाली कलाकारमा हुँदैन । यसैले पनि होला, कलाकारहरु चलचित्रको प्रचारलाई आफ्नो दोश्रो कामको रुपमा लिन्छन् । बलिउडमा भने कलाकार चलचित्रको रिलिज र त्यसको व्यापारलाई मुख्य काम ठान्छन् ।

अझ, विदेश यात्राको कुरा आयो भने त कुरा बेग्लै छ । विदेश यात्राको कुरा आयो भने चलचित्रको छायांकन नै छाडेर कलाकार उड्ने गरेका खबर नयाँ होइनन् ।
नायिका नीशा अधिकारी अहिले अमेरिकामा छिन् । ‘फेस्टिभल अफ ग्लोब’मा सहभागी हुनका लागि नीशा अमेरिका पुगेकी हुन् । रमाइलो कुरा के छ भने, नीशा अमेरिकामा रहँदा, नेपालमा भने उनी अभिनित चलचित्र ‘जय परशुराम’को प्रदर्शन मिति नजिकिदै छ । साउन २८ गते यो चलचित्र रिलिज हुनेछ ।

नीशाले अमेरिका पुगेर ‘फेस्टिभल अफ ग्लोब’मा आज प्रदर्शन हुन लागेका नेपाली चलचित्रको सूची समेत आफ्नो फेसबुकमा लेखेकी छिन् । यसलाई सकारात्मक रुपमा हेर्न सकिन्छ ।

शुक्रबार रिलिज भएको चलचित्र ‘जय परशुराम’को नयाँ गीतलाई उनले फेसबुकमा शेयर त गरेकी छिन् । चलचित्र प्रचारमा यतिबेला नायक विराज भट्ट केही गम्भिर देखिएका छन् । यो चलचित्र नीशाको करिअरका लागि पनि महत्वपूर्ण छ ।

कारण, निरन्तर असफल चलचित्रका कारण नीशाको बजार भ्यालू पूर्ण रुपमा घटेको छ । यो चलचित्र चलेको खण्डमा नीशाले पक्कै पनि जस आफूले पनि लिनेछिन् । अहिले नीशा अमेरिकामा रहेकाले नेपाली मिडियाले उनलाई खोज्दा नपाउने पक्का छ । अब नीशाले चलचित्रको प्रचार अमेरिकाबाटै कसरी गर्नेछिन्, त्यो हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment