+
+
Shares

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेट, पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोहामा एआईआईबी अध्यक्ष जोउ जियायीसँग भेटेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी विस्तार, पुनर्निर्माण र सहुलियतपूर्ण वित्तीय पहुँच बढाउन आग्रह गरे ।
  • जोउले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति समवेदना व्यक्त गर्दै विपदपछिको पुनर्निर्माणमा सहयोग र परियोजना तयारीका लागि अनुदान सहायता दिने बताइन् ।
  • अर्थमन्त्री वाग्लेले विद्युत् वितरण प्रणाली, एक्सप्रेस सडक, हरित ऊर्जा, सीमापार प्रसारण लाइन र डिजिटल पूर्वाधारमा सहयोग बढाउन आग्रह गरे ।

१२ असोज, काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ ।

दोहामा भएको भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जोउ जियायीलाई आग्रह गरे ।

भेटमा एआईआईबी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरिन् ।

उनले विपदपछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

अध्यक्ष जोउले बैंकले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने बताइन् ।

स्पेसलाइस्ड फन्ड विन्डो अन्तर्गत अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उनले व्यक्त गरेकी छिन् ।

एआईआईबी संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्‍याएकी छिन् ।

सो अवसरमा अर्थमन्त्री वाग्लेले नयाँ अध्यक्ष जोउलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले एआईआईबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे ।

अर्थमन्त्री डा. वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाईन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गरे ।

छलफलकै क्रममा अर्थमन्त्री डा. वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?