Comments Add Comment

तस्वीरमा सौराहाको रौनकः घुम्ने हैन एकपटक ?

Chitwan Sauraha (12)

२३ साउन, काठमाडौं । विश्वमै सुन्दर देश नेपालमा घुमफिरका लागि धेरै रमणीय ठाउँहरु छन् । साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रसिद्ध छ । यी प्रशिद्ध ठाउँमध्येको एक हो- चितवनको सौराहा ।

करिव ४० प्रतिशत वनजंगलले ढाकेको नेपालको मध्य क्षेत्रमा पर्ने चितवनको सौराहा नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो । चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि प्रसिद्ध छ ।

Chitwan Sauraha (1)

सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदीमा डुंगा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु समुदायको मौलिक सँस्कृतिको अवलोकन गर्नु सौराहाका विशेषता हुन् ।

सौराहाको मुख्य आकर्षण हात्ती सफारी हो । हात्ती सफारी गर्दा जंगलमा मृग चरिरहेको, विभिन्न प्रजातीका चराचुरुङ्गी, बँदेल, बाघ, गैंडा, गोही, बाँदर, सर्पलगायतका पशुपन्छीहरु हेर्न पाइन्छ । साथै जंगलभित्र देखिने घाँसे मैदानहरु पनि मनमोहक हुन्छन् ।

Chitwan Sauraha (9)

सौराहामा डुंगा चढेर सफारी गर्नु आकर्षक पक्ष हो । राप्ती नदीमा डुंगा सयर गर्दा गोही, माछा, गैंडा, चराचुरुङ्गी हेर्न पाइन्छ ।

साथै, सूर्यास्त पनि सौराहाबाट देख्न सकिन्छ । सौराहाको अर्को आकर्षण हो, थारुहरुको सांस्कृतिक नाच । थारु समुदायको मौलिक संस्कृतीक परम्परा, रहन-सहनबारे पनि सौराहा पुगेपछि जान्न बुझ्न पाइन्छ । सौराहा पुग्ने मान्छे थारु कल्चरल डान्स नहेरि फर्किएमा उसको भ्रमण अधुरो नै रहन्छ ।

Chitwan Sauraha (22)

Chitwan Sauraha (19)

Chitwan Sauraha (18)

Chitwan Sauraha (10)

Chitwan Sauraha (8)

Chitwan Sauraha (7)

Chitwan Sauraha (6)

Chitwan Sauraha (5)

Chitwan Sauraha (2)

Chitwan Sauraha (4)

Chitwan Sauraha (17)

Chitwan Sauraha (16)

Chitwan Sauraha (21)

Chitwan Sauraha (3)

Chitwan Sauraha (20)

Chitwan Sauraha (13)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment