२४ साउन, डोटी । नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायलबाट हराएको सट मेसिन गन (एसएमजी) खोजी गर्न नेपाली सेनाको एक टोली आईतवार साँझ हेलिकप्टरमार्फत दिपायल पुगेको छ ।
सुदूरपश्चिम पृतनामा सुरक्षार्थ खटिएको गरुडदल गणको एक टुकडीको हतियार हराएपछि छानबिनका लागि टोली दिपायल आइपुगेको सैनिक श्रोतले जनाएको छ । श्रोतका अनुसार उक्त गरुडदल गणको टुकडीको सटमेसिन गन (एसएमजी) एक थान र त्यसमा लोडेड दुई वटा म्यागजिन हराएपछि नेपाली सेनाभित्र खैलाबैला मच्चिएको छ ।
बिषयले व्यापकता पाईसकेको भएपनि यस बिषयमा पृतनाका सैनिक अधिकारीहरु केही बोल्न चाहिरहेका छैनन् । नेपाली सेनाको व्यारेकभित्रैवाट हतियार हराउने कुराले स्थानीयवासीहरुमा पनि आसंका उव्जाएको छ । हतियार भण्डारण गर्ने कोतको ताल्चा खुलै भेटिएपछि हतियार गन्दा एसएमजी फेला नपरेकाले छानबिन सुरु भएको सैनिक श्रोतको दाबी छ । अत्याधुनिक हतियार सहित सैनिक जवान फरार भएको खबर बाहिर आएपनि सेनाले कुनै पनि सैनिक जवान फरार नभएको दाबी गरेको छ ।
सैनिक टोलीले शनिबार देखि डडेल्धुरा, बैतडी तथा डोटीलगायतका राजमार्गमा सवारी साधन चेकजाँच गरिरहेका छन् । सेना र प्रहरीले सुदुरपश्चिमका मुख्य सडकमा गुड्ने यातायातका साधनहरुमा कडा निगरानीका साथ चेक जाँच थालेको छ ।
सुदूरपश्चिम पृतनापति उपरथी विनोदकुमार श्रेष्ठ केही हप्तादेखि विदेश भ्रमणमा भएकाले हतियार हराएको बिषयलाई लिएर कैलालीको अत्तरिया स्थित ५ नम्बर बाहिनीका पाँच बाहिनीपति र सहायकरथी रामशरण कार्की छानबिनका लागि सुदूरपश्चिम पृतना आएका छन ।
पृतनाका महासेनानी यम सापकोटा अप्रेशन अधिकृत भएर छानबिन भइरहेको सैनिक स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया 4