+
+
Shares

सल्यानमा भाइरल ज्वरोका विरामी बढे

दिपक शर्मा दिपक शर्मा
२०७३ साउन २४ गते १२:१९

२४ साउन, सल्यान । सल्यानका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको भीड लाग्न थालेको छ ।

Viral-Feverअसारको अन्तिम साताबाट भाइरल सुरु भएको हो । जिल्ला अस्पताल, स्वास्थ्य चौकी लगायत निजी अस्पतालहरुमा विरामीको चाप दिनानुदिन बढदै गईरहेको छ ।

‘पहिला भन्दा अहिले विरामी बढेका छन्’ जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. मनिषा रावलले भनिन्, ‘जटिल खालका विरामी छैनन् सामान्य रुघाखोकी, ज्वरो, झाडापखाला, टाइडफाइटका विरामी छन् ।’ उनका अनुसार अस्पतालको ओपिडीमा पहिला ६०/७० हुन्थे अहिले १ सय ५० भन्दा बढि आउने गरेका छन् भने अन्य स्वास्थ्य केन्द्रहरुमा पनि विरामीको चाप बढेको छ ।

भाइरलबाट सबै उमेरका प्रभावित भएको उनले जानकारी दिइन् । भाइरलकै कारण १५ शैयाको अस्पतालमा अहिले ३३ जनासम्म राखेर उपचार गरि रहेका छौं । अस्पतालका डा. नजिर खानका अनुसार सुरुमा शरीर दुख्ने, रुघाखोकी लाग्ने, कडा ज्वरो आउने, आँखा पोल्ने हुन्छ । भाइरल ज्वरोबाट बच्न पानी उमालेर खाने, समूहमा हिडडुल नगर्ने, आराम गर्ने, झोलिलो पदार्थ बढि खाने गर्नु पर्ने डा.को सुझाव रहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?