Comments Add Comment

जनताको निर्णायकत्वमा फेरि कालो बादल लाग्योः कमल थापा

'कुनै राष्ट्रवादी नेपाली भारत विरोधी हुन सक्दैन'

Kamal-Thapa,-DPM
फाइल तस्वीर

२४ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ सरकार गठनसँगै नेपाली जनताको निर्णायकत्वमा कालो बादल लागेको टिप्पणी गरेका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई संसदमा बधाइ तथा शुभकामना दिने क्रममा थापाले प्रचण्डमाथि दुई गम्भिर प्रश्न गरे ।

पछिल्लो २६ वर्षमा २४ सरकार बनेको भन्दै उनले नयाँ संविधान बनेपछि त राजनीतिक स्थिरता होला भन्ने जन अपेक्षा भएपनि त्यसो हुन नसकेको बताए । ९/९ महिनामा सरकार परिवर्तन गरेर यो संविधान राजनीतिक अस्थिरताको मुल कारक हो भन्ने सन्देश दिन खोजेको हो भनेर प्रश्न गरे ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले नेपाली नेताहरुमा आत्समर्पणवादी मानसिकता देखिएको बताए । १२ बुँदे समझदारीसँगै नेपालमा बढेको बाहिर शक्तिको (भारतीय) हस्तक्षेप बढेको भन्दै उनले भने, ‘प्रधानमन्त्री हुन नेपाली जनताको मतले मात्र पुग्दैन, बाहृय शक्तिको आशिर्वाद चाहिन्छ भन्ने मानसिकता हावी भयो ।’

उनले अघि भने, ‘नयाँ संविधान निर्माण गर्ने क्रमसँगै जनताको निर्णायकत्व स्थापित गरौं । राष्ट्रिय स्वाभिमानलाई आत्मसाथ गर्दै संविधाान जारी भयो । सरकार गठन भयो, नाकाबन्दीको अन्त्य भयो ।’

प्रचण्डले नै पार्टी राप्रपा नेपाल सरकारमा जान प्रेरित गरेको र सरकार बनेपछि प्रचण्डसँग ५० औं पटक आफ्नो उठबस भएको भन्दै उनले त्यसबेला प्रचण्डमा प्रचुर मात्राको राष्ट्रिय भावना रहेको छ भन्ने आफूलाई लागेको बताए ।

तर, पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले प्रचण्डको नेतृत्वमा सरकार बनेसँगै नेपाली जनताको निर्णायकत्वमा कालो बादल लागेको टिप्पणी गरे । उनले भने ‘यो सरकार निर्माणको क्रमसँगै फेरि एकपटक कालो बादल लागेको छ । यो तितो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ ।’

दुई मिछेकी चीन र भारतसँग असल सम्वन्ध राख्नु पर्ने भन्दै उनले कुनै पनि राष्ट्रवादी नेपाली भारत विरोधी हुन नसक्ने बताए । उनले भने, ‘आत्मसमर्पणवादी मानसिकताले न नेपालको हित हुन्छ न नेपाल भारत सम्वन्धलाई राम्रो बनाउँछ ।’

आफू समेत संलग्न भएको ओली सरकारको नौ महिने कार्यकालमा केही युगान्तकारी कदम चालिएको उनले बताए ।
नेपालले आफ्नो राष्ट्रिय हित र स्वार्थसिद्ध गर्ने क्रममा चीनसँग सम्वन्ध बढाएको भन्दै उनले यो भारत विरोधी काम नभएको बताए । उनले अघि भने, ‘केरुङको रेल काठमाडौंमा लैजानु पर्दैन ? तीन-तीन पटक नाकाबन्दी भोगेको हामीले वैकल्पिक आपूर्ति व्यवस्था मिलाउनु पर्दैन ? के यो भारत विरोध हो ?’

आफू विदेशीलाई दोष दिने पक्षमा नरहेको भन्दै उनले हाम्रा नेताहरुमा आात्मसर्पणवादी मानसिकता बढेको भन्दै चिन्ता व्यक्त गरे । भारतले आफ्नो आधिकारिक डकुमेन्टमा नेपाल-भारत सम्वन्ध सुमधुर र सुदृढ हुँदै गएको उल्लेख गरेको भन्दै थापाले भने, ‘तर, चिन्ता भारतलाई भन्दा हामीलाई बढी भएको छ भारतसँगको सम्वन्ध चिसो भयो । नेपाल-भारत सम्वन्धमा विचलन आयो भनिएको छ । भारतीयहरु यो भन्न तयार छैनन् ।’

सत्तारुढ घटककै जिम्मेवार नेताहरुले माओवादीसँग ९ महिनापछि सत्ता हस्तान्तरण गर्ने लिखित समझदारी गरेको भनेको भन्दै उनले प्रचण्डका हाइसाउण्डिङ प्रतिवद्धता समयसीमाले कति न्याय गर्छ भनेर प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment