Comments Add Comment

पुष्पकमल दाहाललाई प्रचण्ड बन्न लक्ष्मणलाल कर्णको आग्रह

मधेसी मोर्चा सरकारको रक्षाकवचका रुपमा उभियो

२४ साउन, काठमाडौं । संविधानसभाबाट संविधान जारी भएदेखि लगातार संसद बहिस्कार गर्दै आएको मधेसी मोर्चा प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै सरकारको रक्षाकवचका रुपमा प्रस्तुत भएको छ ।

Laxman-Lal-Karnaप्रचण्डलाई प्रधानमन्त्री बनाउन र ओलीलाई हटाउन सक्रिय भएको मोर्चाले सोमवार प्रधानमन्त्रीलाई बधाई दिने क्रममा सरकारले पछिल्लो समय गरेका निर्णयको स्वागत गर्दै सत्तापक्षका रुपमा प्रस्तुत भएको छ ।

संसदमा बोल्दै मधेसी मोर्चा आबद्ध नेताहरुले अब संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्न प्रचण्डलाई आग्रह गरेका छन् । यस क्रममा सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले पुष्पकमल दाहाललाई प्रचण्ड बन्न सुझाव दिए ।

कर्णले भने, ‘हाम्रा माग र प्रचण्डका माग एउटै हुन् । तपाईं पुष्पकमल दाहालबाट प्रचण्ड बन्नुस्, यो देशका सबै समुदायका माग सम्बोधन हुन्छ । यसमा कांग्रेसको साथ रहनु राम्रो संकेत हो ।

उनले एमाले पनि मधेसबाट निर्वाचित भएको पार्टी भएकाले मधेसीको माग पूरा गर्न बाधक नबन्ने अपेक्षा व्यक्त गरे ।

आफूहरुले केपी ओली सरकारलाई नौ महिनासम्म भन्दा नसुनेको माग प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा बस्नासाथ कार्यान्वयन भएको बताए । उनले अघि भने, ‘पुष्पकमल दाहाल जुन दिन प्रचण्ड बन्नुहुन्छ । देशको सबै समस्या समाधान हुन्छ । आज देशलाई प्रचण्डको आवश्यकता छ ।’

मधेसी मोर्चाका नेता कर्णले कांग्रेस र एमाले पार्टीमाथि पनि आफ्नो विश्वास रहेको बताए । अब संविधान संशोधन प्रस्ताव ल्याउनु पर्ने भन्दै उनले भने, ‘यसमा एमालेले पनि साथ दिन्छ भन्ने विश्वास छ । दिएन भने सबै जनताले हेर्नेछन् ।’

संसदमा तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र फोरमका प्रमुख सचेतक शिवजी यादवले अब सहमतिको संकेत देखिएको बताए ।

फोरम लोकतान्त्रिकका नेता जनकलाल चौधरीले भने बिजय गच्छदारलाई सरकारबाट बाहिर राखेर संविधान कार्यान्वयन हुन नसक्ने बताए ।

उनले मधेसी मोर्चाले फोरम लोकतान्त्रिकलाई निषेधको व्यवहार नगर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment