Comments Add Comment

फेवातालमा डुंगा पल्टियो, ६ को उद्धार, २ वेपत्ता

view of fewa lake (20)
फाइल फोटो

२४ साउन, पोखरा । कास्कीको पोखरा उपमहानगरपालिका ६ बैदाममा रहेको फेवातालमा डुंगा पल्टिएको छ ।

डुंगामा सवार २ जना अझै हराइरहेका छन् भने ६ जनाको जीवितै उद्दार गरिएको छ ।

सोमबार दिउँसो करिव ५ बजेतिर फेवातालको मध्यभाग तिर पुगेको डुंगा पल्टिएको थियो ।

दुर्घटनाको खबर पाएलगतै पुगेको प्रहरी टोलीले ६ जनाको उद्दार गरेको छ । काठमाडौं  चक्रपथका १९ का सौगात श्रेष्ठ, २० बर्ष का सम्राट गौतम, ३१ बर्षका दिपक न्यौपाने, बसुन्धराका रोशन न्यौपाने, हेटौडा -६ का ३६ वर्षका विदुर धिताल को उद्दार गरिएको हो ।

यस्तै सिन्धुली घर भई हाल पोखरा-६ लेकसाईड बस्ने ३० बर्षीया डुंगा चालक गंगा बस्नेतको पनि उद्दार गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । ३ जनाको अवस्था गम्भीर छ । दुई जना भने हराइरहेका छन् । हराइरहेकाहरुमा काठमाडौं चक्रपथका १९ वर्षका प्रतिक श्रेष्ठ र वसुन्धराका २३ वर्ष एलिन केसी रहेको कास्की प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment