+
+

टीभीमा ज्याकलिनको जादु चलेन

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २५ गते ८:३०

JACKLINमुम्बई । भारतीय टेलिभिजनका दर्शक ज्याकलिन फर्नाडिसको बोल्ड अवतारप्रति आकर्षित हुन सकेनन् । सेलीब्रेटी डान्स शो ‘झलक दिखला जा’ मा जज बनेकी ज्याकलिन बोल्ड रुपमा प्रस्तुत भइन् ।

ज्याकलिनको ग्ल्यामरस रुप, करण जौहरको हाँसो मजाक र मनिष पालको एंकरिङले दर्शकलाई आकर्षित गर्न सकेन । र्‍याण्डम सर्वेक्षमण उक्त कार्यक्रमलाई दर्शकले मन नपराएको नतिजा आएको थियो ।

सलमान खान अभिनित चलचित्र ‘किक’वाट चर्चामा आएकी ज्याकलिनलाई ठूलो पर्दाको दर्शकले राम्रै मानेका छन् ।

त्यसो त भारतीय टेलिभिजन दर्शकले अनिल कपुरलाई पनि लभगभ अस्वीकार गरेका छन् । अनिल कपुरको सस्पेन्स थि्रलर शो ‘ट्वान्टी फो’ सिजन-२ दोस्रो हप्तामा पनि टिआरपी दौडमा उत्कृष्ठ २० मा पर्न सकेन ।

ऋलिन कपुरको शो टिआरपी दौडमा पछि परेपछि कतिपयले उनलाई बुढो भएको टिप्पणी गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?