Comments Add Comment

वैद्य माओवादी निकट पत्रकारको अध्यक्षमा राउत

Indra-Raut
इन्द्र राउत

२५ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सम्बद्ध पत्रकारहरूको संगठन क्रान्तिकारी पत्रकार महासंघको अध्यक्षमा इन्द्र राउत चयन भएका छन् ।

सोमबार काठमाडौंमा भएको क्रान्तिकारी पत्रकार महासंघको प्रथम राष्ट्रिय सम्मेलनले राउतको नेतृत्वमा ५० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा नारायण पंगेनी, महासचिवमा केशरमणि कटुवाल, सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमिरमैया रञ्जितकार चयन भएका छन् ।

राष्ट्रिय सम्मेलनको उदघाटन माओवादी अध्यक्ष मोहन वैद्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment