Comments Add Comment

साउदीमा अभर परेका नेपालीको उद्धार सुरु, सम्पर्क कहाँ गर्ने ?

Saudi Contact no

२५ साउन, काठमाडौं । साउदीको जेद्दास्थित महाबाणिज्यदूतावासले तलव नपाएर तथा कम्पनी बन्द भएर अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग उपलब्ध गराउन सुरु गरेको छ । एक विज्ञप्ति जारी गरेर महाबाणिज्यदूतावासले ‘साउदी ओगार’ नामक निर्माण कम्पनी बन्द हुँदा समस्यामा परेका ४१ जना नेपालीहरुलाई खानाको व्यवस्था गरिएको जानकारी दिएको छ ।

दूतावासलाई जुलाइ २७ मानै नेपालीहरुले मेस बन्द भएकाले बाँच नै समस्या परेको भन्दै गुनासो गरेका थिए । सो कम्पनीमा कार्यरत नेपालीहरुले गत जनवरीदेखि नै तलव पाएका थिएनन् ।

कम्पनीबाट फर्किन चाहाने ६ जनालाई नेपाल फिर्ता पठाइसकिएको दूतावासले जनाएको छ । अन्य साउदी छोड्न चाहाने कामदारलाई जतिसक्दो छिटो एक्जिट भिसा उपलब्ध गराउन त्यहाँको श्रम मन्त्रालयसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै अन्य कम्पनीमा ट्रान्सफर हुन चाहानेका लागि पनि महाबाणिज्य दूतावासले समन्वय सुरु गरेको जनाएको छ । यस्तै महाबाणिज्यदूतावासले अप्ठेरोमा परेका कामदारलाई रियाद स्थिति दूतावास र जेद्दास्थित महाबाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment