Comments Add Comment

कमल थापाको घोषणा- राप्रपासँग एकताको अध्याय समाप्त

राणाले राजनीतिक बेइमानी गरेको थापाको आरोप

kamal thapa  (2)

२५ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकताको अध्याय समाप्त भएको बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले राप्रपासँग अब एकता नहुने बताएका हुन् । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेको थापाले आरोप लगाए ।

थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने तयारी भइरहेको थियो । तर, सोमबार राणाले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल राप्रपा नेपालसँग एकता नहुने बताएका थिए ।

राप्रपा नेपाल र राप्रपाबीच प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद छ । विवादकै बिच राप्रपाका दुई मन्त्रीलाई समेटेर प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment