Comments Add Comment

एक-दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार हुन्छः प्रधानमन्त्री प्रचण्ड

prachanda२६ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

माओवादीको मन्त्रीहरु छनौट भइसकेको भन्दै उनले कांग्रेससँग छलफल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताए । łहाम्रो त हिजै टुंगिएको छ । कांग्रेस नेविसंघमा व्यस्त भएको छ,’ सकेसम्म दुई दलको एकसाथ मन्त्री नियुक्त गर्ने प्रयासमा रहेको भन्दै उनले भने, łमन्त्रिमण्डल विस्तार एक-दुई दिनभित्र हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले यो पटक आफू परिणाम निकाल्ने गरी काम गर्ने संकल्पमा साथ प्रधानमन्त्री भएको बताए । उनले मधेसी, थारु लगायतको अधिकतम माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै संविधान कार्यान्वयन गर्ने बताए ।

बुधबार रिपोटर्स क्लबको बधाई पत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, राजनीतिक सहमति र संविधान संशोधनबाट माग सम्बोधन गर्ने प्रयासमा छु ।’

मन्त्रिपरिषदको पहिलो बैठकबाटै सम्बोधनको प्रयास भएको भन्दै उनले छिट्टै समाधान निस्कनेमा आशावाी रहेको बताए । उनले यससँगै स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्ने र भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने बताए ।

प्रधानमन्त्री प्रचण्डले महंगी र कालोबजारी नियन्त्रणलाई पनि आफ्नो सरकारले प्राथमिकतामा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment