Comments Add Comment

‘सेक्स’को मामालामा सलमान ‘अनाडी’, सानै उमेरमा शारीरिक सम्बन्ध राख्ने यी सेलिब्रेटी

ranbir kim and britini
५१ वर्षमा प्रवेश गरेका बलिउड नायक सलमान खानले विवाह र प्रेमको वारेमा कुरा गर्दै आफुले अहिलेसम्म ‘शारीरिक सम्बन्ध’ नराखेको दाबी गरे । करण जौहरको शो ‘कफी वीथ करण’ मा पनि उनले आफु ‘भर्जिन’ रहेको दाबी गरे ।

सलमानले ५१ वर्ष पार गर्न लाग्दा समेत शारीरिक सम्बन्धबाट टाढा रहेको दाबी गरिरहेको बेला केही कलाकार यस्ता पनि देखिए जसले कलिलै उमेरमा यो सम्बन्धको अनुभुती गरेका छन् । नायक रणबीर कपुरले एक अन्तरवार्ताको क्रममा १५ वर्षको उमेरमा आफ्नै प्रेमिकासँग ‘भर्जिनिटी’ तोडेको खुलासा गरेका थिए । पूर्व पोर्न स्टार समेत रहेकी नायिका सन्नी लियोनीले १६ वर्षको उमेरमा सेक्स सम्बन्ध राखेको बताएकी थिइन् ।

आफुमा यौनसम्बन्धी जिज्ञासा उत्पन्न भएकाले १२ वर्षकै उमेरमा शारीरिक सम्बन्ध राखेका खुलासा नायक रणवीर सिंहले गरेका थिए । उनले भनेका छन्-‘मैले प्रेम वा वासनाले भन्दा पनि यौनसम्बन्धी जिज्ञासा मेट्नका लागि भर्जिनीटि तोडेको थिएँ । जतिवेला मेरो उमेर १२ वर्षको थियो ।’

हलिउड नायिका एन्जेलिना जोलीले १४ वर्षको उमेरमा प्रेमीसँग पहिलो पटक सेक्सको अनुभुती लिएको बताएकी थिइन् । यस्तै गायिका ब्रिट्नी स्पेयर्सले १४ वर्षको उमेरमा १८ वर्षे बास्केटवल खेलाडीसँग यौनको अनुभव लिएको खुलासा गरेकी थिइन् ।

मोडल पेरिस हिल्टन १५ वर्षकै उमेरमा भर्जिनिटी तोडेको दाबी गर्छिन् । रियालिटी शो स्टार किम कार्दशियनले १४ वर्षकै उमेरमा प्रेमी टीजे ज्याक्सनसँगै शारीरिक सम्बन्ध राखेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment