+
+
Shares

फिनल्याण्डमा मृत्यु भएका नेपाली युवाको शव एनआरएनएको पहलमा नेपाल ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २६ गते १६:२६
Deathbody
फाइल फोटो

बार्सिलोना । मलेसिया कतार लगायत खाडी मुलुकबाट मात्र हैन आजभोलि युरोपबाट पनि नेपालीको पार्थिव शरीर नेपाल पुग्ने क्रम बढेको छ । केहि महिना अगाडि पोर्चुगलमा निधन भएका एक नेपाली युवाको शव नेपाल पठाएको घटना ताजा रहँदै फिनल्याण्डबाट पनि अर्का नेपाली युवाको शब नेपाल पुग्दैछ ।

फिनल्याण्डमा दिपक राई नाम गरेका एक नेपाली युवाको मृत्यु भएको र उनको शब नेपाल पठाउन लागिएको गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिनल्याण्डले जनाएको छ । खोटाङ रतन्छाका स्थायी घर भएका राईको फिनल्याण्ड हुँदै नर्वे जाने क्रममा मृत्यु भएको बताइएको छ । तर घटनाबारे यकिन बिबरण भने सार्बजनिक भएको छैन । केहि महिना अगाडि नै उनको मृत्यु भएपनि प्रहरी अनुसन्धानका कारण शब के गर्ने भन्ने टुंगो लागेको थिएन ।

एनआरएनए फिनल्याण्डका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार शब नेपाल पठाउन फिनल्याण्डमा रहेको नेपालीहरुले नै अग्रसरता लिएका छन् । अध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेका छन् ‘मृतकको शब पठाउनका लागि फिनल्याण्ड र नेपाल सरकार दुबैले कुनै सहयोग गर्न नसक्ने कुरा स्पष्ट भएपछि उनको पारिबारिक अबस्था बुझ्दा हामीले नै अग्रसरता लिनु बाहेक अन्य कुनै उपाय रहेन ।’

सहयोगको आह्रवान गरेको ३२ घण्टामा नै आबश्यक ३ हजार ८ सय ५० युरो संकलन भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । एनआरएनए फिनल्याण्डले संस्थागत रुपमा १ हजार १ युरो, फिन्निश नेपाली समाजले ७ सय ८८ युरो र बाँकी २ हजार ६१ युरो फिनल्याण्डको नेपाली समुदायबाट जुटेपछि शबलाई नेपाल पठाउन सम्भव भएको छ ।

युरोपमा नेपालीहरुको निधन भइहाले पनि नेपाल पठाउन ठूलो खर्च लाग्ने हुँदा बिशेषतः नेपाली समुदायले नै अग्रसरता देखाउँदै आएको छ । नेपाल सरकारले भने विदेशमा मृत्यु भएका आफ्ना नागरिकको शब व्यवस्थापनमा कुनै चासो नदेखाएको यहाँको समुदायले गुनासो गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?