Comments Add Comment

डेनमार्कलाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

Denmarkvs Brazil२७ साउन, काठमाडौं । समूह चरणको अन्तिम खेलमा जित हात पार्दै ब्राजिल रियो ओलम्पिक अन्तरगत फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

ब्राजिलले डेनमार्कलाई ४-० ले हराएको छ । घरेलु टोलीले सुरुवाति २ खेल गोलरहित बराबरी खेेलेको थियो । र, अन्तिम आठमा स्थान बनाउन डेनमार्कविरुद्ध जित्नै पर्ने दबावमा थियो ।

ब्राजिलले गाबि्रयल बार्बोसाको गोलबाट अग्रता लिएको थियो । रियो ओलम्पिकमा ब्राजिलको यो पहिलो गोल समेत थियो । पहिलो हाफ सकिन पाँच मिनेट मात्र बाँकी छँदा गाबि्रयल जेसिसले अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा लुनाले गोल गरे भने बार्बोसाले व्यक्तिगत दोस्रो गोल गर्दा ब्रजिल ४-० को जित निकाल्न सफल भएको छ ।
सेमिफाइनलमा स्थन बनाउन ब्राजिलले अब कोलक्बियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment