+

रियो ओलम्पिकमा डाइभिङ पुलको रंग निलो बनाइयो

२०७३ साउन  २७ गते ११:१८ २०७३ साउन २७ गते ११:१८
रियो ओलम्पिकमा डाइभिङ पुलको रंग निलो बनाइयो

rio-olympic-swimming

रियो ओलम्पिकमा पौडी अन्तर्गत डाइभिङ पुलमा देखिएको हरियो रंगको पानी बुधबारदेखि निलो बनाइएको छ । मंगलबारको प्रतियोगिताको क्रममा हरियो रंगको पुलमा गुनासाे अाएपछि आयोजकले गल्ति सुधार्दै निलो रंगको बनाएको हो ।

मंगलबार भएको १० मिटर सिंक्रोनाइज इभेन्टका क्रममा पुलको रंग चम्किलो हरियो थियो । जसका कारण खेलाडीहरुले पानीभित्र आफ्ना साथी देख्न नसकेको गुनासो गरेका थिए ।

पानीमा जादुयी छायाँ देखिएको थियो जुन निलो रंगको भन्दा बिल्कुल फरक देखिएको थियो । विश्वभर टेलिभिजन हेरिरहेका समर्थकले पनि हरियो पुल देखेपनि अचम्भित भएका थिए । उनीहरुले सामाजिक सञ्जालमा आयोजनको हर्कतमाथि व्यंग्यसमेत गरेका थिए ।

इन्टरनेशनल स्विमिङ फेडेरेसन -फिना) ले पानीमा केमिकलको मात्र पर्याप्त नरहेकाले यस्तो भएको प्रष्टिकरण दिएको छ ।

फिनाले बिज्ञप्ति जारी गर्दै भनेको छ कि ‘हामीले पानीमा किन असामान्य रंग देखियो भन्ने पुष्टि गरेका छौं । कारण यो हो कि पानीको ट्यांकीमा हालिएको रसायनको केहि भाग बाहिर पर्‍यो र यस्तो भयो ।’

आयोजकले भने मारिया लेन्क एक्वाटिक सेन्टरको डाइभिङ पुलमा नियमित परिक्षणपछि खेल खेलाइएको र यहाँ पानीको गुणस्तरका ठीक भएको र खेलाडीको स्वास्थ्यमा कुनै असर नगर्ने दावी गरेको छ ।

‘पानीमा क्षारको मात्रामा अचानक कमी आयो’ ओलम्पिकका खेल प्रवक्ता मारियो आन्द्राडाले भने, ‘सायद हामी खेलाडीहरुलाई यसबारेमा पहिल्यै जानकारी गराउन असफल भयौं ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय