Comments Add Comment

अज्ञात रोग देखिएपछि विद्यालय बन्द

school-banda
फाइल फोटो

२७ साउन, बैतडी । विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ ।

कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । मङ्गलबार तीनजना छात्रा एक्कासि बेहोस भएकामा बुधबार १५ जनाजति छात्रा बेहोस भएको स्थानीयवासी अभिभावक दिनेश सिंहले जानकारी दिए ।

एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्, उनले भने, ‘छात्राहरुमा अनौठो प्रकारको रोग देखापरेपछि बुधबार विद्यालय बन्द गरिएको छ ।’  छात्राहरुमा के कारणले त्यस्तो समस्या देखियो भन्ने थाहा हुन सकेको छैन ।

यसैबीच, दार्चुला जिल्लाको खण्डेश्वरीमा रहेको खण्डेश्वरी उच्च मावि क्षति मार्मामा बुकमाण्डौँ नामक गैरसरकारी संस्थाले ५०० किताब हस्तान्तरण गरेको छ ।

विभिन्न विषयका पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको खण्डेश्वरी उच्च माविका प्राचार्य करवीरसिंह बोहराले जानकारी दिका छन् ।

‘एक हात एक पुस्तक’ अभियानअन्तर्गत पुस्तक वितरण गरिएको बुकमाण्डौँका अध्यक्ष सुमन खतिवडाले जानकारी दिए ।  सुदूरपश्चिममा पहिलोपटक दार्चुलाको दुर्गम गाविसमा पुस्तक वितरण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment