२८ साउन, काठमाडौं । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले पार्टी एकीकरण भाँडिनुमा आफू र आफ्नो दलका नेतामाथि लागएको आरोपको खण्डन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले माफी माग्नुपर्ने बताएका छन् ।
राप्रपा नेपालका अध्यक्ष राणाले अदृश्य शक्तिको बलमा राणाले पार्टी एकीकरण भाँडेको आरेाप लगाएका थिए । आजको अन्नपूर्णमा समाचार छ ।
अन्तरिक विधानले पूर्णता नापाई, राष्ट्रिय अध्यक्षको भूमिका केकति हुने भन्ने कुराको टुंगो नलागी एकीकरण हुन सक्दैनथ्यो राणाले बिहीबार भने, ‘आत्मसम्मानलाई बन्धक राखेर राप्रपा नेपािलसँग निरीह भएर शरण माग्न जानु एकता हुन सक्दैनथ्यो ।’
राप्रपा र राप्रपा नेपालबीच एकतासभाको घोषणा भएकै दिन राप्रपाले सरकारमा हतारहतार मन्त्री पठाएर एकता भाँडेको थापाको आरोप छ । तर राणाले उक्त आरोपको खण्डन गर्दै थापाले एकता भाँडेको आरोप लगाए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4