२८ साउन, मुगु । लामो खडेरीपछिको अविरल बर्ले कच्ची मोटर बाटो विग्रिएसँगै मुगु सदरमुकाम गमगढीमा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । पहिरोले बाटो भत्कदा आवतजावतमा समेत कठिनाइ परको स्थानीले बताएका छन् ।
यातायात नियमित सञ्चालन हुँदा अत्यावश्यकिय सामान किनमेलमा केही सहजता आएको भएपनि पहिरोले बाटो अवरुद्ध हुँदा उपभोग्य समानको अभाव भएको छ भने सामानको भाउँसमेत आकासिएको छ ।
बाटो स्तर उन्नतिको क्रममा भए पनि यसअघि ट्रकहरुले पर्याप्त मात्रामा सामाग्री ढुवानी गर्दा उपभोग्य बस्नुको गमगढिमा सहजता थियो । तर वर्षले बाटो विग्रlएपछि गमगढी बजारमा न त सामान पाँउछ न त किनमेल गर्नेको घुइचो नै देखिन्छ ।
बाटो अवरुद्धभएसँगै कतिपय सवारीसाधानहरु बीच बाटोमा अलपत्र परेका छन् । सावरी अवरुद्धभएपछि जिल्ला आउने र जिल्लाबाट बाहिरिने यात्रु मारमा परेका छन् ।
सुर्खेत देखिनै ठाँउ ठाँउमा पहिरो गएका कार मुगुमा यातायात सुचारु हुन महिनौं लाग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया 4