Comments Add Comment

माओवादीले अझै मन्त्री छानेन, प्रचण्डले भने- एकदुई दिन पर्खिनुस्

mao_meeting

२८ साउन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शुक्रबार पनि सरकारमा जाने नेताहरुको नाम तय गर्न सकेन ।

माओवादी केन्द्रीय कार्यालयको शुक्रबार विहान बसेको बैठकमा यसबारे सामान्य छलफल भएको छ । तर, बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुको नाम प्रस्ताव नगरेको नेता हरिबोल गजुरेलले बताए ।

मंगलबार बसेको माओवादी हेडक्वाटर बैठकले मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । र, बिहीबार नै केन्द्रीय कार्यालयको बैठक बस्ने तय भएको थियो । तर, पूर्व निर्धारित दिनभन्दा एक दिन ढिला बसेको बैठकमा पनि प्रचण्डले मन्त्रीहरुको नाम पेश गरेनन् ।

नेताहरुका अनुसार प्रचण्डले एक-दुई दिनभित्र मन्त्रीहरुको नाम तय गर्ने बताएका छन् । तपाईंहरुले मलाई अधिकार दिनु भएको छ । एक-दुई दिनभित्र टुंगो लगाउँछु भनेर अध्यक्षले भन्नु भएको छ,’ एक नेताले अनलाइनखबरलाई बताए ।

प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट तीन मन्त्री भइसकेका छन् । आठ मन्त्रालय पाएको माओवादीले ५ मन्त्री र केही राज्यमन्त्री पठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment