Comments Add Comment

यसकारण अग्ला पुरुष मन पराउँछन् महिलाहरु

coupleदक्षिण कोरियाको एक विश्वविद्यालयमा भएको एक अध्ययनले यो कुराको पुष्टि गरेको छ की जो दम्पतिहरुमा पति पत्नीको उचाइको उल्लेखनीय भिन्नता हुन्छ उनीहरुको दाम्पत्य जिवन सुखपूर्ण हुन्छ ।

यो अध्ययनको नतिजा अचम्म लाग्दो छ । किनकी अक्सर महिलाहरुले अग्ला पुरुषहरुलाई नै मन पराउने गरेको देखिएको छ । तथ्य अनुसार झण्डै ५० प्रतिशत महिलाहरु यस्ता पुरुषसँग डेट गर्दछन् जो उनीहरु भन्दा निकै अग्ला हुन्छन् । आखिर महिलाहरुले किन अग्ला पुरुष मन पराउँछन्  ? यसका कारण यस्ता छन्:

महिलाहरुका अनुसार जो पुरुषको उचाई धेरै हुन्छ उनीहरु केवल बलियो मात्र होइन बुद्धिमान पनि हुन्छन् । होँचा पुरुषको तुलनामा अग्ला पुरुषहरु बढि आत्मविश्वासी हुन्छन् ।

अग्ला पुरुषहरु महिलाहरुलाई शारीरिक सुरक्षाको अनुभुति दिलाउन सक्षम हुन्छन् । जबकी होँचा पुरुषबाट महिलाले सुरक्षित अनुभुति गर्न सक्दैनन् । त्यसैले महिलाहरुले सुरक्षाको अनुभुति गर्नका लागि पनि अग्ला पुरुषको खोजी गर्दछन् ।

अग्ला पुरुषहरु प्रायः अरुमाथि आफ्नो बर्चस्व कायम राख्नमा सफल हुन्छन् र यस्तो सफलता उनीहरुको आत्मविश्वासका कारण प्राप्त हुन्छ ।  महिलाहरुलाई पुरुषको यस्तो बर्चस्ववादी स्वभाव मन पर्दछ ।

अग्ला पुरुषहरु प्रायः स्वस्थ तथा फिट देखिन्छन् । यस्ता पुरुषको सँगतले महिलाहरुले आफ्नो फिटनेसको पनि ख्याल गर्दछन् ।

अग्लो पुरुषको जोडी बन्न पाउँदा महिलाहरु आफ्नो फेसनमा बढि स्वतन्त्र बन्न पाउँछन् । उनीहरुले मज्जाले हाइ हिल लगाउन पाउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment