+
+
Shares

गधाको दुध सबैभन्दा महंगो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २८ गते १२:०१

donkey milkगाइ, भैँसी, बाख्रा लगायतको दुध त पिउनु भएकै होला । तर के तपाइँले गधाको दुध खानुभएको छ ।

अधिक पौष्टिक तत्वका कारण गधाको दुध सबैभन्दा महंगो मूल्यमा बिक्ने गरेको छ, भारतमा । भारतको बैंगलोरमा एक चम्चा गधाको दुधको लागि मानिसहरुले ५० रुपैयाँ भारुसम्म तिर्ने गरेका छन् ।

नवजात शिशुहरुलाई गधाको दुध पिलाउँदा रोग प्रतिरोधी क्षमता बढ्ने भन्दै आमाहरुले महगो मूल्य तिरेर गधाको दुध किन्न गरेका छन् । १ लिटर गधाको दुधको लागि २ हजार भारुसम्म दिन मानिसहरु तयार हुन्छन् ।

विशाखापटनममा एक कम गधाको दुधको लागि मानिसहरुले २ सय भारुसम्म तिर्ने गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?