+
+
Shares

एनआरएनले थालेको पुनःनिर्माण उदाहरणीय हुनेमा बिश्वस्त छुः प्रधानमन्त्री

जग्गाको स्वामित्व हस्तान्तरणपछि पुनःनिर्माण थालौंः सीइओ ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २९ गते ८:३९

prachanda-and-shesh-ghaleकाठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय  नेपाली संघले लाप्राकमा बनाउन लागेको नमुना वस्ती नेपालको पुनःनिर्माण अभियानका लागि उदाहरणीय र अनुकरणीय हुने विश्वास ब्यक्त गरेका छन् ।

संघका अध्यक्ष शेष घलेसँगको भेटमा प्रधानमन्त्री दाहालले भूकम्पका बेला प्रभावकारी राहत बितरण कार्यबाटै एनआरएनको क्षमता प्रष्ट भएको भन्दै पुनःनिर्माण अभियान पनि त्यस्तै अनुकरणीय हुने बिश्वास ब्यक्त गरे ।

सो अबसरमा उनलेे पुनःनिर्माण अभियानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै यस क्रममा देखिएका गतिरोधलाई अन्त्य गरी एनआरएन जस्तो निस्वार्थ भावनाबाट सहयोग गर्न खोज्ने संस्थालाई मद्दत गर्न सरकार तयार रहेको बताए ।

भेटमा अध्यक्ष घलेले संघले लाप्राकमा निर्माण गर्न लागेको नमूना बस्तीको अवधारणा प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै यसको कार्यान्वयन त्रिपक्षिय सम्झौता मुताविक गर्न संघ कटिवद्ध रहेको र गुरुयोजना बनाउने काम भई रहेको जानकारी गराए ।

अध्यक्ष घलेले दाहाललाई प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा बधाइ दिँदै उनको नेतृत्वमा राष्ट्रले पुनःनिर्माणमा गति पाउने र संविधान कार्यान्वयनको मार्ग प्रशस्त भई मुलुक क्रमशः स्थायित्व र आर्थिक सम्बृद्धितर्फ उन्मुख हुनेमा संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरु आशावादी रहेको बताए ।

अध्यक्ष घलेले सदाझै नेपाल सरकारसँग हातेमालो गरेर अगाडी बढ्न गैरआवासीय नेपाली तत्पर र अग्रसर रहेको बताए । भूकम्प, नाकाबन्दी र लामो समयको राजनीतिक आन्दोलनका कारण जोखिममा रहेको मुलुकको अर्थव्यवस्था सुदृढ गर्नु र मुलुकलाई सम्बृद्धिको दिशातर्फ अग्रसर बनाउनु मुख्य चुनौती रहेको उनले बताए ।

लालपूर्जा हस्तान्तरण गरेपछि पुनःनिर्माणः सीइओ ज्ञवाली

यसैवीच राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संघसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नै लाप्राक पुनःनिर्माण अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् ।

संघका अध्यक्ष शेष घलेसँगको हालैको भेटमा सीइओ ज्ञवालीले अन्य गैरसरकारी संस्थालाई जस्तै एनआरएनलाई पनि रकम सेवाग्राहीको खातामा जम्मा गर्न लगाउने बिषयमा छलफल भए पनि सम्झौताअनुसार काम गर्न प्राधिकरण तयार रहेको बताएका हुन् । गैरआवासीय नेपाली संघको अगुवाईमा लाप्राकमा ६ सय बढी घर भएको नमुना वस्ती बनाउन भएको

सम्झौताअनुसार संघले हाल त्यसको गुरुयोजना निर्माण गरिरहेको छ । तर, हालै जिल्लास्थित अधिकारीहरुले गैरआवासीय नेपाली संघलाई सेवाग्राहीको खातामा रकम जम्मा गर्न ताकेता गरेपछि संघले पुनःनिर्माणको पूर्वनिर्धारित ढाँचामा परिवर्तन भएकोबारे प्राधिकरणसँग जवाफ माग गरेको थियो ।

जवाफमा सीइओ ज्ञवालीले गुरुयोजना निर्माण भएपछि सेवाग्राहीको नाममा जग्गाको स्वामित्व दिने कार्य सुरु हुने र त्यसलगत्तै एनआरएनले निर्माण कार्य सुरु गर्न सक्ने बताए । उनले संघको तर्फबाट गुरुयोजना पेश गर्दा योजनाको कार्यनीति, प्रकृयागत कार्यविधि र समय तालिका सहित पेश गर्न अनुरोध गरे ।

अध्यक्ष घलेले संघले नमूना बस्तीको लागि आवश्यक अन्य बस्तुहरुको बन्दोबस्तीको लागि बिभिन्न संस्थाहरुसँग समन्वय गरिरहेको जानकारी दिए ।

लाभग्राहिहरुको सहकारी खडा गरी त्यही सहकारीमार्फत पुनर्निर्माण सामुदायिक समिति बनाई  निर्माण कार्य संचालन गर्ने तथा यस समितिलाई गैरअवासीय नेपाली संघका स्वयमसेवकहरुले सहयोग गर्ने प्रारभिक योजना रहेकोसमेत जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?