+
+

कविताः गाई र हँसिया हथौडा

 साङ्केन बान्तवा साङ्केन बान्तवा
२०७३ साउन २९ गते ९:४८

एक समय थुप्रै थिए
तातो आरनमा अर्जापिएका
हँसिया-हथौडा
जसले काँडाहरु काटेर
फूलै-फूल उमार्छौंभन्थे
झोरघारी फाडेर
गाउँबस्तीसिँगार्छौं भन्थे
जड ऐतिहासिक चट्टान फोडेर
आधुनिक घरको जग हाल्छौं भन्थे

Sangkenतर हिजोआज हथौडा
गाईगोठ बनाउनमै व्यस्त छ !
हँसिया पनि
हरियो घाँस काट्नमै व्यस्त भो !
र काँडाहरु बग्रेल्ती पलाएका छन्
झाडीहरु मौलाएका छन्
फेरि चाहिएको छ नयाँ हँसिया हथौडा
जसले काँडा मात्र काटोस्
झाडी मात्र फाँडोस्
ऐतिहासिक चट्टान फोडेर
साँच्चै नयाँ घरहरुको निर्माण गरोस्
तर अब हँसिया हथौडा अर्जाप्ने कहाँ ?

हँसिया घाँसमा अल्झेको छ
घाँस गाईको मुखमा
गाईगोठमा सुरक्षित छ
जहाँ अहिले गोठ छ
त्यहाँपहिले आरन थियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?